नव विवाहित श्रीमतिलाई श्रीमानले दिए रु १० लाखको बीमा पोलिसी उपहार
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | ०८:५१:०० मा प्रकाशित
माेरङ्ग । पछिल्लो समय जन्मदिन, विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।
यसै सन्दर्भमा बेलवारी न पा वडा नं ४ निवासी बिबेक राईको वैवाहिक समारोहमा श्रीमती मेनुका राईलाई १० लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाको सक्रिय एजेन्सी म्यानेजर समेत रहेकी तिर्थ राई र तिलक राईले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएकोमा यस्तो शुभ अवसरमा भान्जे बुहारीलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए ।
उक्त कार्यक्रममा कम्पनीको तर्फबाट धरान शाखा प्रमुख खगेन्द्र तोलाङ, बिजनेस डेभलपमेन्ट अफिसर जमुना चौहान, बिराट्चोक शाखा प्रमुख रितेश गजुरेलको उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस