नव विवाहित श्रीमतिलाई श्रीमानले दिए रु १० लाखको बीमा पोलिसी उपहार
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | ०८:५१:०० मा प्रकाशित

माेरङ्ग । पछिल्लो समय जन्मदिन, विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।
यसै सन्दर्भमा बेलवारी न पा वडा नं ४ निवासी बिबेक राईको वैवाहिक समारोहमा श्रीमती मेनुका राईलाई १० लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाको सक्रिय एजेन्सी म्यानेजर समेत रहेकी तिर्थ राई र तिलक राईले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएकोमा यस्तो शुभ अवसरमा भान्जे बुहारीलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए ।
उक्त कार्यक्रममा कम्पनीको तर्फबाट धरान शाखा प्रमुख खगेन्द्र तोलाङ, बिजनेस डेभलपमेन्ट अफिसर जमुना चौहान, बिराट्चोक शाखा प्रमुख रितेश गजुरेलको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस