विश्वास, निरन्तरता र रूपान्तरणको बहस : बीमा व्यवसायको भविष्यतर्फ सिटिजनको पहल
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण बिहीबार, २०८२ | १५:११:०० मा प्रकाशित
काठमाडौं । नेपालको बीमा उद्योगमा परम्परागत रूपमा बिक्री–केन्द्रित अभ्यास हाबी भइरहेका बेला सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन लिडर डिस्कोर्स” मार्फत व्यवसायको गुणस्तर, निरन्तरता र नेतृत्व रूपान्तरणबारे गहिरो बहस प्रारम्भ गरेको छ।
फागुन ६ गते केन्द्रीय कार्यालयमा सम्पन्न उक्त प्यानल छलफल कार्यक्रमले बीमा क्षेत्रलाई केवल व्यापार होइन, दीर्घकालीन सामाजिक सुरक्षा प्रणालीका रूपमा पुनःपरिभाषित गर्ने सन्देश दिएको छ।
उक्त सत्रमा कम्पनीका अग्रणी सिटिजन लिडर्सहरू-ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछानेले आ-आफ्ना अनुभव, दृष्टिकोण र रणनीतिक सोच प्रस्तुत गरेका थिए। सहजीकरण तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए।
छलफलको मूल केन्द्रबिन्दु ‘कति बिक्री भयो?’ भन्दा पनि ‘कति टिक्यो?’ भन्ने प्रश्नमा थियो। बढ्दो लाप्स दर (व्यतित बीमालेख) लाई साझा चुनौतीका रूपमा स्वीकार्दै प्यानलिस्टहरूले पोलिसी पर्सिस्टेन्सी, ग्राहकसँगको दीर्घकालीन सम्बन्ध, सेवा सुदृढीकरण र विश्वास निर्माणलाई प्राथमिक रणनीति बनाउनुपर्नेमा जोड दिएका थिए।
टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतित बीमालेख (लाप्स दर) लाई सम्पूर्ण एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गरे । उनले केवल बिक्रीमा केन्द्रित नभई पोलिसी पर्सिस्टेन्सी र दीर्घकालीन ग्राहक सम्बन्धमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै नियमित फलोअप, ग्राहक शिक्षा, सेवा सुदृढीकरण तथा सम्बन्ध–आधारित रणनीति अपनाउन सुझाव दिए। “बिक्रीभन्दा पनि दीर्घकालीन सम्बन्ध निर्माण नै हाम्रो लक्ष्य हुनुपर्छ,” उनको धारणा थियो।
ईश्वरी प्रसाद बरालले आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बीमा केवल पेशा नभई सामाजिक जिम्मेवारीसँग जोडिएको क्षेत्र भएको उल्लेख गरे। ग्रामीण क्षेत्रमा विश्वासमा आधारित सम्बन्ध, बढ्दो वित्तीय सचेतना तथा अभिकर्ताको प्रत्यक्ष पहुँचले बीमा व्यवसाय अझ प्रभावकारी बन्न सक्ने उनले बताए। “जहाँ विश्वास बलियो छ, त्यहाँ बीमा सहज हुन्छ,” उनको सन्देश थियो।
लक्ष्मी लामिछानेले बीमा पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने धारणा राखिन्। महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवार–केन्द्रित सोचले सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनको भनाइ थियो। “महिलाको संवेदनशीलता र जिम्मेवारीपन नै बीमा व्यवसायको शक्ति हो,” उनले स्पष्ट पारिन्।
सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको तथ्य औंल्याउँदै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। अभिकर्ता केवल बिक्रीकर्ता नभई वित्तीय परामर्शदाता, जोखिम व्यवस्थापन मार्गदर्शक तथा परिवारको सुरक्षा सल्लाहकारको भूमिकामा रूपान्तरण हुनुपर्ने आवश्यकता उनले जोड दिए। “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा मिशन बनाउनुपर्ने उनको धारणा थियो।
त्यसैगरी, राजु श्रेष्ठले बदलिँदो सामाजिक तथा डिजिटल परिवेशमा अभिकर्ताको भूमिका पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए। आजका सचेत र तुलना गर्ने ग्राहकको युगमा केवल बीमालेख बेच्ने होइन, दीर्घकालीन वित्तीय योजना निर्माणमा सहयोग गर्ने परामर्शदाताको रूपमा अभिकर्ता विकसित हुनुपर्ने उनको विचार थियो।
उक्त सत्र अत्यन्त प्रेरणादायी, सहभागितामूलक तथा विषयवस्तुगत रूपमा गहिरो बनेको थियो। कार्यक्रममा उठाइएका विषयहरूले एजेन्सी व्यवसायका पेशागत चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे सार्थक संवादको वातावरण सिर्जना गरेको थियो।
कार्यक्रमको सफलतापछि कम्पनीले आगामी दिनहरूमा पनि यस्ता संवादमुखी तथा नेतृत्व विकास–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै आएको सिटिजन लाइफ इन्स्योरेन्सको “सिटिजन लिडर डिस्कोर्स” बीमा क्षेत्रमा नयाँ अभ्यास स्थापना गर्ने दूरदर्शी कदमका रूपमा हेरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस