निर्वाचन आयोगद्वारा आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | २०:३०:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार नगर्न बताएकाे हाे ।
चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगले बताएकाे छ ।
मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, बोक्न र श्रव्य दृश्य सामग्री बजाउन नपाउने आयोगले जनाएको छ ।
आचार संहितामा उल्लेख भए भन्दा फरक ढंगले झण्डा वा चुनाव चिह्न प्रयोग गरेमा कारबाही गरिने आयोगले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस