गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय
- गाउँ सहर संवाददाता
- २ माघ शुक्रबार, २०८२ | २०:१६:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ।
शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ।
यसबारे आयोगबाट जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। ‘आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,’ चालिसेले नेपालखबरसँग भने।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।
त्यसबारे थापासहितको पदाधिकारीको टोलीले बिहीबार आयोगमा निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशनका सबै विवरण बुझाएको थियो।
त्यस्तै, शुक्रबार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोग पुगेका थिए। उनीहरूले पनि आधिकारिकताको दाबी गर्दै विवरण बुझाएका थिए।
त्यसपछि शुक्रबार अपराह्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले थापा नेतृत्वको टोलीसँग विशेष महाधिवेशनका विषयमा छलफल गरेको थियो। उनीहरूसँगको छलफलपछि आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस