गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय
- गाउँ सहर संवाददाता
- २ माघ शुक्रबार, २०८२ | २०:१६:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ।
शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ।
यसबारे आयोगबाट जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। ‘आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,’ चालिसेले नेपालखबरसँग भने।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।
त्यसबारे थापासहितको पदाधिकारीको टोलीले बिहीबार आयोगमा निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशनका सबै विवरण बुझाएको थियो।
त्यस्तै, शुक्रबार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोग पुगेका थिए। उनीहरूले पनि आधिकारिकताको दाबी गर्दै विवरण बुझाएका थिए।
त्यसपछि शुक्रबार अपराह्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले थापा नेतृत्वको टोलीसँग विशेष महाधिवेशनका विषयमा छलफल गरेको थियो। उनीहरूसँगको छलफलपछि आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस