मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने - निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण मंगलबार, २०८२ | १४:५६:०० मा प्रकाशित
काठमाडाैँ। निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता विपरीत गतिविधि भए तुरुन्त आयोगलाई जानकारी गराउन आग्रह गरेका हुन्।
भण्डारीले मौन अवधिमा ‘जस्केलाबाट हुने काम’ बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए।
कानुनले निषेध गरेका गतिविधि वस्तुगत प्रमाणका आधारमा ठहरिए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने उनले स्पष्ट पारे। त्यस्तै, दोषी ठहरिएका व्यक्तिलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने चेतावनीसमेत दिए।
सामाजिक सञ्जालको दुरुपयोगप्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत ढङ्गले सामग्री प्रसारण गरी इच्छित उद्देश्य पूर्ति गर्न खोजिए स्रोतसम्म पुगेर कारबाही गरिने भण्डारीको भनाइ छ।
यसैबीच, निर्वाचन सम्पन्न भइसकेपछि सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम घोषणा गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस