मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने - निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण मंगलबार, २०८२ | १४:५६:०० मा प्रकाशित
काठमाडाैँ। निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता विपरीत गतिविधि भए तुरुन्त आयोगलाई जानकारी गराउन आग्रह गरेका हुन्।
भण्डारीले मौन अवधिमा ‘जस्केलाबाट हुने काम’ बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए।
कानुनले निषेध गरेका गतिविधि वस्तुगत प्रमाणका आधारमा ठहरिए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने उनले स्पष्ट पारे। त्यस्तै, दोषी ठहरिएका व्यक्तिलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने चेतावनीसमेत दिए।
सामाजिक सञ्जालको दुरुपयोगप्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत ढङ्गले सामग्री प्रसारण गरी इच्छित उद्देश्य पूर्ति गर्न खोजिए स्रोतसम्म पुगेर कारबाही गरिने भण्डारीको भनाइ छ।
यसैबीच, निर्वाचन सम्पन्न भइसकेपछि सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम घोषणा गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस