राजनीति
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार
- गाउँ सहर संवाददाता
- ३० पौष बुधबार, २०८२ | १९:१४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् ।
‘उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरु विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ ।’
विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएका थिए ।
त्यसपछि उनीहरूले पनि बुधबार आफूहरूको कुनै महाधिवेशन वा भेला नभएको भनी आयोगमा पत्राचार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस