राजनीति
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार
- गाउँ सहर संवाददाता
- ३० पौष बुधबार, २०८२ | १९:१४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् ।
‘उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरु विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ ।’
विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएका थिए ।
त्यसपछि उनीहरूले पनि बुधबार आफूहरूको कुनै महाधिवेशन वा भेला नभएको भनी आयोगमा पत्राचार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस