विश्व

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव

  • एजेन्सी
  • २२ बैशाख बिहीबार, २०७९ | ०७:१५:०० मा प्रकाशित

काठमाडौं । युरोपियन युनियन (ईयू)ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ । तर, यो पस्ताव यूरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ ।

रुस र युक्रेनबीच युद्ध चर्किएपछि यूरोपियन देशले रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यूरोपका अधिकांश देशले रुसको इन्धन चलाउँदै आएका थिए । युक्रेनमाथि दमन गरेको भन्दै यूरोपियन राष्ट्र रुससँग रुष्ट बनेका छन् ।

एजेन्सी

तपाईँको मत