गठबन्धन दलहरूबीच स्थानीय तहमा सहमति नजुटे सो ठाउँमा तालमेल हुँदैन : थापा
- गाउँ सहर संवाददाता
- १ बैशाख बिहीबार, २०७९ | १३:२०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी तहमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् ।
बिहीबार नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’
उनले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताए । गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेकोउल्लेख गर्दै उनले दलहरुका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताए ।
महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।
स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले उल्लेख गरे । महामन्त्री थापाले व्यक्तिगत रुपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको बताए । उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दीर्घकादीन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ ।’
महामन्त्री थापाले कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उनको भनाइ छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उनले बताए ।
उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस