कांग्रेसबाट सुनापति गाउँपालिका प्रमुखमा बेथानबाटै देखिए धेरै आकांक्षी
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | ०८:०८:०० मा प्रकाशित
.jpeg)
रामेछाप । आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा देशभरी नै उम्मेदवारी घोषणाको लहर चलेको छ ।
सुनापति गाउँपालिकामा प्रमुखका लागि नेपाली कांग्रेसबाट बेथानबाट मात्रै आठ जनाले आकांक्षा देखाएका छन् । यस्तै उपप्रमुखका लागि एक जनाले दावी गरेकी छन् ।
नेपाली कांग्रेस रामेछाप प्रदेश सभा 'ख' का प्रदेश सभा तथा कार्यसमिति सदस्य आँधी लामाका अनुसार पालिका प्रमुखमा उनी स्वयम् पनि आकांक्षी हुन् । त्यसैगरि अन्य आकांक्षीमा केशव चालिसे, नारायण खड्का, सलाम लामा, दिपेन्द्र खड्का, रमेश के.सी. विरास दाेङ र उदय लामा रहेका छन् ।
यस्तै उपप्रमुखका लागि सरस्वती रायकाे नाम मात्र सिफारिस गरिएकाे छ ।
वडामा भने जिल्ला नेतृत्वले छानेकै व्यक्तिलाई सबैले सघाउने वडा सभापति तिलकबहादुर तामाङले बताए ।
गठबन्धन नभएकाे अवस्थामा माओवादीकाे लालकिल्ला भनेर चिनिने बेथान मात्रै हाेइन सुनापति पालिका नै नेपाली कांग्रेसले एकलाैटी जित्ने पालिका प्रमुख आकांक्षी आँधी लामाले दाबी गरे ।
लामाले भने-'कुनै बेला बेथानलाई माओवादीहरूले लालकिल्ला मान्थे त्याे लालकिल्ला पाँच वर्षअघि नै भत्किसकेकाे हाे अब यसपाली पाँचै वडादेखि पालिकासम्म कांग्रेसकाे विजयी चारतारे झण्डा फरफराउनेछ । त्यसमा कसैले शंका नगरे हुन्छ ।'
माओवादीकाे ज्यादति खेप्नु खेपिसकेकाे बताउँदै अब जनता जागिसकेकाेले कम्युनिष्टकाे तानाशाही र अधिनायकवादी घेरा ताेडेर चारतारे झण्डा गाढेर स्वतन्त्रता र न्यायकाे लडाइँकाे लागि कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताए ।
लामाले निर्वाचनमा कार्यकर्ता खर्चिलाे र लाेभी हुन नहुने भन्दै प्रलाेभनमा नफसि इमानदारसाथ कांग्रेसकाे रूख चिन्हमा भाेट हालेर पाँच वर्ष कामकाे मूल्याँकन गरेर पर्खन आग्रह गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस