दिगोविकास

सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा पनि एक भएर जाने सहमति

फाइल : तस्बिर

काठमाडौं । सत्ता गठबन्धन दलबीच आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएकाे छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो । 

त्यसका लागि सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले आसन्न स्थानीय तह निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका नेताहरूको बैठकले महानगरपालिकामा केन्द्रबाट र उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेलको निर्णय गर्ने निर्णय गरिएको छ ।

“स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ,” नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भने, “बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने समझदारी भएको छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत