नेपाल श्रीलंका जस्तो आर्थिक संकटकाे अवस्थामा जाँदैन : प्रचण्ड
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १२:१८:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको बताए ।
‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं,’ प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले समयमै उपाय खोज्नुपर्ने बताए ।
प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’
माओवादीले देशको संकटमोचनमा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए । तर, माओवादीलाई स्वीकार्न पनि नसक्ने विचित्रको अवस्था रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस