स्वास्थ्य
काेराेना अपडेट : २६ जनामा कोरोना पुष्टि, ७७ जना डिस्चार्ज
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६ जना कोभिड १९ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पाँच हजार १९२ वटा नमुनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार १४६ पुगेको मन्त्रालयले जनाएकाे छ ।
गत चौबीस घण्टामा ३ हजार ९४० पीसीआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण भएको छ।
आज देशभरको औसत संक्रमणदर ०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस