एएफसी एसियन कप छनोट : आज नेपाल थाइल्यान्डसँग भिड्दै
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १०:१३:०० मा प्रकाशित

काठमाडाैं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) साँझ थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल साँझ ५ः४५ बजे थाइल्यान्डको चोनबुरीमा हुनेछ ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस खेललाई नेपाली टोलीको कमजोरी पत्ता लगाउने खेलको रुपमा लिएका छन् । प्रशिक्षक अल्मुताइरीले एसिया कप छनोटका लागि यस खेल उपयोगी हुने विश्वास लिए । प्रशिक्षकले थाइल्यान्डविरुद्ध अनुभवी र युवा खेलाडी सम्मिलित टोली उतार्ने तयारी गरेका छन् ।
थाइल्यान्ड नेपालका लागि तुलनात्मक बलियो प्रतिद्वन्द्वी हो । फिफा वरीयतामा पनि थाइल्यान्ड माथि छ । वरीयतामा थाइल्यान्ड ११२औँ र नेपाल १६७औँ स्थानमा छ । नेपालले थाइल्यान्डसँग तीन दशकपछि फुटबल खेल्न लागेको हो । यसअघि नेपालले सन् १९८७ मा ओलम्पिक छनोट खेलेको थियो । त्यतिवेला नेपाल दुवै खेलमा ३–० र २–१ गोलले पराजित भएको थियो ।
सोमबार थाइल्यान्ड गएको नेपाली टोलीले त्यहाँ दुई दिन प्रशिक्षण गरेको थियो । नेपालले चैत १३ गते थाइल्यान्डको शीर्ष क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपाल अहिले अभ्यासमा ब्यस्त छ । त्यसैको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो । समूह चरणको खेल भने ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस