वातावरण

आज बुधबार, एकदुई स्थानमा अपरान्हतिर मेघ गर्जन\चटयाङ्गसहित हल्का वर्षा

काठमाडाैँ । आज २०७८ चैत्र २ गते (बुधबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन\चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता