स्वास्थ्य

मिर्गौलाको महत्त्व बुझ्नुहाेस्, स्वस्थ राख्न यी कुरामा ध्यान दिनुहाेस् नत्र थाहै नपाइ बिग्रिसक्छ

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन् । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन् । शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्  ।

हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन् । तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन् । हामी दैनिक जीवनमा खाने खाद्यान्नबाट निस्कने फोहोर पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट फाल्ने गर्छ । स्वस्थ मिर्गौलाले शरीरमा धेरै भएको पानी, नुन तथा अन्य धेरै फोहोरहरु फालिरहेको हुन्छ । मिर्गौलाले हाम्रो रगत सफा राख्न पनि सहयोग गर्छ । 

यति महत्वपूर्ण भए पनि यो अंग सधैं स्वस्थ नहुन सक्छ । मिर्गौलामा प्राय: मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। चालीस वर्ष कटेपछि यस्तो समस्या बढी देखिएको छ । केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ । तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यसैले हामीले प्रत्येक वर्ष एकपटक स्वस्थ जाँच गर्नुपर्छ । 

तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ । सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो ।

पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु, छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो । मिर्गौलाले काम गर्न छाडेपछि उपचार जटिल र महँगो हुन्छ । त्यसैले सुरुमै केही चनाखो हुँदा भविष्यमा हुन सक्ने समस्या टार्न सकिन्छ ।

 

मिर्गौलाकै लागि विशेषत हामीले धेरै जाँचहरु गर्नु नै पर्दैन । पिसाब र रगत जाँच गर्दा नै धेरै कुराहरु थाहा पाउन सकिन्छ । यसका लागि हामी अस्पताल जानु पर्ने हुन्छ । अस्पताल नगइ घरमा नै रोग पालेर बस्ने मान्छेहरु अहिले धेरै छन् । अहिले नेपालमा पनि झन्डै ३ लाख व्यक्तिमा मिर्गौलामा समस्यामा देखिन थालेको छ । यसमध्ये ३० हजारको मिर्गौला निकै बिग्रिसकेको छ । नेपालमा दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्थामै अधिकांश व्यक्ति चिकित्सकसमक्ष पुग्ने गरेका छन् ।

कसरी बचाउने त मृगौला ? यस्ता हुन्छन् लक्षण

मिर्गाैला फेल हुनु भनेको अन्तिम अवस्थामा मिर्गाैलाले काम नगर्नु हो । यदि कोही व्यक्तिको मिर्गाैला फेल भएको छ भने त्यसका लागि केही पनि गर्न सकिँदैन । यसका लागि डाइलासिस एकमात्र विकल्प हो । यसको माध्यमबाट शरीरको विकार पदार्थहरु बाहिर निकाल्ने काम गर्छ ।

फेल हुँदा के कस्ता लक्षणहरु देखिन्छन् ?

मिर्गाैला फेल हुने क्रममा शरीरमा विषाक्त पदार्थहरु बढ्छ जसले गर्दा बान्ता हुन्छ । र खानाको स्वाद पनि बिग्रिन्छ ।

खुट्टा सुनिन्छ । यसकारण यो हुन्छ कि मिर्गाैलाले शरीर बाहिर पानी निकाल्न सक्दैन । यसले शरीरमा पानी जम्मा गरेर राख्छ ।

मिर्गाैलाको एक मुख्य काम शरीरमा राता रक्तकोष निर्माणलाई व्यवस्थित बनाउँछ । दुर्भाग्य जब मिर्गाैला फेल हुन सुरु गर्छ राता रक्तकोष निमार्णमा कमी आउँछ जसकारण एनिमिया हुन्छ ।

जब मिर्गाैला फेल हुने प्रकृयामा पुग्छ, पिसाबमा रगत देखापर्छ । मिर्गाैलामा  समस्या हुँदा मानिसहरुमा विभिन्न प्रकारका समस्याहरुको सामना गर्नुपर्छ । जस्तै भ्रम, मतिभ्रम र मुड परिवर्तन ।

पिसाब कम आउँछ भने मिर्गाैलाको समस्या भएको छ भनेर अनुमान भने लगाउन सकिन्छ । यदि पिसाबमा फिँज देखिएमा मिर्गाैलाको पहिलो लक्षणको संकेत हो । चिकित्सकका अनुसार शरीरबाट प्रोटिन निक्लनुको कारण यस्तो हुन्छ । त्यसपछि मिर्गाैला दोस्रो लक्षणमा सामेल हुन्छ ।

शरीरमा अवांछित पदार्थ आवश्यकभन्दा बढी जम्मा हुँदा यस्तो खाले लक्षण महशुस हुने गर्छ । चिकित्सकका अनुसार मिर्गाैला बिरामीहरुमा यस्तो लक्षण आएमा दोस्रो चरणमा पुगको भन्ने बुझिन्छ । यस्तो लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

जब मिर्गाैलाको अवस्था खराब हुन थाल्छ, फोक्सोमा तरल पदार्थ जम्छ जसकारण सास लिन असुविधा हुन्छ । एनिमियाका कारण शरीरमा अक्सिजनको कमी हुन जान्छ जसले गर्दा पनि सास लिन कठिन हुन्छ ।

मिर्गाैलामा समस्या हुँदा शरीरमा विभिन्न प्रकारका डाबरहरु आउँछ । शरीरमा विषाक्त पदार्थ जम्मा हुने हुँदा छालामा रेसा तथा डाबर आउँछ । दिसामा रगत देखिएमा पनि कहिलेकाहीं मिर्गाैला फेल हुने संकेत गरिन्छ ।

मिर्गाैला स्वस्थ राख्न के गर्ने ?

जब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नुहुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ ।

उच्च रक्तचाप किड्नी फेल हुनुको अर्को मुख्य आम कारण हो । उच्च रक्तचापबाट पनि रक्त नलिकाहरुको भित्तामा हानी पुग्दछ । स्वस्थ मृगौलाका लागि रक्तचाप पनि १४०/९० एमएमएचजीभन्दा बढी हुनु हुँदैन ।

खानपानको महत्वलाई कसरी पो नजरअन्दाज गर्न सकिन्छ । फलफूल, सागपात र फाइबरयुक्त खानेकुराबाट तौलका साथसाथै किड्नीको स्वास्थ्य पनि राम्रो रहन्छ । खानामा नुनको मात्रालाई पनि कमभन्दा कम गर्ने कोशिस गर्नु जरुरी छ ।

शरीरबाट हानिकारक पदार्थलाई बाहिर निकाल्नका लागि किड्नीलाई तरल पदार्थको माध्यम आवश्यक हुन्छ । दिनमा कम्तीमा पनि डेढदेखि दुई लिटर पानी पिउनु आवश्यक छ । र, शारीरिक रुपले बढी सक्रिय रहनेहरुले योभन्दा बढी पानी पिउनु जरुरी छ । यही जसले डायलासिस गराउने गरेका छन्, उनीहरुले कम पानी आवश्यक हुन्छ ।

रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठूलो हात हुन्छ । यसका कारण रगत राम्रोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौँ प्रकारका फाइदा हुन्छन्, जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौँ ।

यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ । यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ । यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।-एजेन्सी

गाउँ सहर डेस्क

तपाईँको मत