गाउँ सहर

एक चिनियाँसहित ८० जना पक्राउ

काठमाडाैं । प्रहरीले भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएकाे छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न  विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको बताएका छन् । 

 पक्राउ पर्नेमा  प्रायजसो भारतका  युवा युवती रहेकाे प्रहरीले जनाएकाे छ । 

यस अगाडि प्रहरीले पुरानाे बानेश्वरबाट ३७ जनालाइ पक्राउ गरिसकेकाे छ । 

गाउँ सहर संवाददाता