सीमित नेताका कारण देश बरबाद : लिङदेन
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | ०७:२३:०० मा प्रकाशित
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले केही सीमित नेताका कारण देश बरबाद भएकाे बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह भएको बताउँदै सीमित दलका केही सीमित नेताका कारण देश बरबाद भएको उल्लेख गरे ।
पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशलाई निकास दिने शक्ति राप्रपा नै भएको दावी गरे ।
राजसंस्था र सनातन हिन्दु राष्ट्रको लक्ष्य प्राप्त हुनेमा ढुक्क रहन लोहनीले उपस्थित जनसमुदायलाई आश्वस्त तुल्याए ।
राप्रपाद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेन र पूर्वअध्यक्ष लोहनीले विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालसहित तीन सय धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रवेश गराए ।
एक दिन अघि मात्र राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने बताए ।
राप्रपामा आवद्ध भए लगत्तै शाहीलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । जब कि यस अघि नै सगुनसुन्दर लावती, गोपाल दाहाल, भक्ति सिटौला र मोहन श्रेष्ठ पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस