राजनीति

एमसीसी पछाडि अमेरिकाको कुनै स्वार्थ छैन, यति ठूलो अनुदान हत्तपत्त कुनै देशले दिँदैन : शशांक कोइराला

काठमाडाैं । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् । 

आज संसद भवन परिसरमा कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताएका हुन् । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्‍यो । दुईमध्ये एक हुनसक्छ ।’

आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको उनले बताएका छन् । यत्रो ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताएका छन् ।

गाउँ सहर संवाददाता