कांग्रेसले अवधि समाप्त भएका भातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | २०:४१:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भएका भातृ संस्था कार्यसमिति विघटन गरेकाे छ ।
मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
निर्णयमा भनिएकाे छ, "अवधि समाप्त भइसकेका भ्रातृ संघका केन्द्रीय समितिहरु नेपाली कांग्रेसको बिधानको धारा ४२(१) ‘च’ अनुरुप स्वतः विघटन भएको हुँदा पार्टी केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्त भित्र निम्न भ्रातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।"
• नेपाल विद्यार्थी संघ
• नेपाल प्रजातन्त्र सेनानी संघ
• नेपाल किसान संघ
• नेपाल आदिवासी जनजाति संघ
• राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ
• नेपाल तामाङ संघ
• नेपाल ठाकुर समाज
• नेपाल महिला संघ
• नेपाल तरुण दल
• नेपाल भूतपूर्व सैनिक संघ
साथै बैठकले नयाँ गठन हुने सबै भ्रातृ संस्थालाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको सो अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस