स्वास्थ्य

काेभिड १९ का कारण थप ८ जनाकाे निधन, थपिए ७४७ संक्रमित, निकाे भए २ हजार ३१९

काठमाडाैँ । काेभिड १९ कारण नेपालमा पछिल्लाे २४ घण्टामा थप ८ जनाकाे निधन भएकाे छ । साेसहित कुल निधन हुनेकाे संख्या ११ हजार ९०० पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा कुल परीक्षण ८ हजार ६९६ मध्ये नयाँ ७४७ संक्रमित थपिएका छन् भने २ हजार ३१९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा २ लाख १६ हजार ११८ जनाले खाेप प्राप्त गरेका छन् ।

देशमा अहिले सक्रिय संक्रमितकाे संख्या २० हजार ७३९ रहेकाे छ ।

गाउँ सहर संवाददाता