गाउँ सहर
आमाको हत्या गर्ने छोरा पक्राउ
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | १६:३७:०० मा प्रकाशित
मोरङ । चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको हाे ।
उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।
भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस