स्वास्थ्य

हाल विश्वभर काेराेना : ७ कराेड ४३ जनामा भाइरस सक्रिय, ९१ हजार सिकिस्त, ५७ लाख १७ हजारकाे मृत्यु

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित संख्या बढिरहेकाे छ । हाल विश्वभर ७ कराेड ४३ लाख जनामा भाइरस सक्रिय छ । 

पछिल्लाे २४ घण्टामा ३० लाख १२ हजार संक्रमित थपिएका छन् भने २२ लाख २४ हजार जना निकाे भएका छन् । 

त्यसैगरि २४ घण्टामा ११ हजार ६८८ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३८ करोड ५० लाख ८५ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने ३० करोड ५० लाख ५३ हजार नाघेको छ भने मृतकको संख्या ५७ लाख १७ हजार ८१० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण विश्वमै सबैभन्दा बढि अमेरिकामा संक्रमित र मृत्यु भएका छन् । अमेरिकामा ७ कराेड ६८ लाख ६७ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ९ लाख १७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे एकैदिनमा २ हजार ७ सय जनाकाे मृत्यु भएकाे छ भने २२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४ कराेड ६९ लाख २४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा २ लाख ८९ हजार थपिएसँगै कुल २ कराेड ९० लाख २५ भन्दा बढिमा भाइरस सक्रिय छ । 

हालसम्म संक्रमित हुने दाेस्राे नम्बरमा रहेकाे भारतमा ४ लाख ९८ हजार ९८७ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा १ लाख ६४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् भने ९९१ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ४ कराेड १७ लाख ९५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ९७ लाख ४७ हजार जना निको भएका छन् । सक्रिय केस १५ लाख ४८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा १ लाख ८८ हजार संक्रमित थपिएका छन् भने ९४६ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख २९ हजारभन्दा बढी छन् । हाल २७ लाख २० हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ५८ लाख १३ हजार जना संक्रमितमध्ये २ कराेड २४ लाख ६४ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा फ्रान्समा ३ लाख १५ हजार, जर्मनीमा २ लाख २३ हजार, रसियामा १ लाख ४१ हजार, इटलीमा १ लाख १८ हजार, टर्कीमा १ लाख १० हजार जना संक्रमित थपिएका छन् । 

नेपालमा भाइरस संक्रमित ९ लाख ५९ हजार ७७५ जना पुगेका छन् भने ८ लाख ७८ हजार ७२० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ७६४  पुगेको छ भने ६९ हजार २९१ जना उपचाररत छन् । पछिल्लाे २४ घण्टामा ३६३७ जना थपिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत