बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्य, एक घाइते
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १६:१७:०० मा प्रकाशित
काठमाडाैं । सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको रातोमाटेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
बुधबार दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्वर–७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस