एन आई सी एशिया बैंकको खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | ११:५०:०० मा प्रकाशित
काठमाडाैँ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु-याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको छ ।
बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस