काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएसँगै १९ हजार नाघ्याे
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १६:४८:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएका हुन् ।
काठमाडाैं उपत्यकामा मात्रै १९ हजार ३८७ जना संक्रमित छन् । काठमाडौंमा मात्र १३ हजार ९८६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा १ हजार ८४६ र ललितपुरमा ३ हजार ५५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा देशभर ६ हजार ७३४ संक्रमित थपिएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै सोमबार ५४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा १४ हजार १४ पीसीआर तथा ३ हजार ४५१ एन्टिजेन परीक्षण भएको छ ।
नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।
आज ६ हजार ७३४ जनामा संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको हो ।
मन्त्रालयकाअनुसार संक्रमण निको भएको दर ९५ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी १ हजार ९९७ जना संक्रमित भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस