स्वास्थ्य

तीन जिल्लाका प्रजिअको संयुक्त बैठकले गर्याे यस्ताे निर्णय, के गर्न पाइने के गर्न नपाइने

काठमाडाैं । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुनेछ । बैठकले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता