बस दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १३:११:०० मा प्रकाशित
दाङ । बस दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो। बस दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।
बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् । घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।
घाइतेको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ भने बसमा २० जना यात्रु सवार थिए ।
बस अनियन्त्रित भएर २० मिटर तल पुगेको प्रहरीकाे भनाइ छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस