एकैदिन ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १५:५१:०० मा प्रकाशित

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् ।
जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’
ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्याइएको केही घण्टापछि नै जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन् ।
उनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने पनि जानकारी गराएका छन् । कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने उनको भनाइ थियो ।
ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने पनि जोनसनको भनाइ थियो । त्यस्तै इङल्याण्डभर थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि उनले बताएका छन् ।
सरकारको नयाँ प्रतिबन्धात्मक नियम ‘प्लान बी’ अनुसार सोमबारदेखि मानिसहरूलाई घरबाटै काम गर्न समेत भनिएको छ । आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । तर ओमिक्रोन संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस