गाउँ सहर
धुँवा निस्केपछि श्री एयरको जहाज नेपालगन्जमा आपतकालीन अवतरण
- १९ श्रावण बिहीबार, २०७९ | ११:५२:०० मा प्रकाशित

काठमाडाैं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो ।
नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।
उक्त विमानमा ७९ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । जहाजका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । विमानको प्राविधिकपक्षबारे जाँच भइरहेको छ ।
प्रतिकृया दिनुहोस