गाउँ सहर

प्रधानमन्त्री देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवकलाइ पक्राउ गरेकाे छ । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानको व्‍यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता