अमेरिकामा टोर्नाडो : कम्तीमा ९४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १०:५२:०० मा प्रकाशित
एजेन्सी । टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका अमेरिकाका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस अझै बेपत्ता छन् । उनीहरुको जीवितै उद्धारको सम्भावना निकै कम रहे पनि उद्धारकर्मीहरुले प्रयास जारी राखेका छन् ।
केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । केन्टकीमा कम्तीमा ८० सहित अहिलेसम्म कम्तीमा ९४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ। यी राज्यमा स्थानीय समयअनुसार शुक्रबार अबेर राति तथा शनिबार बिहान टोर्नाडोले क्षति गरेको हो।
मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ। टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको छ। भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् ।
केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ। टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको छ। टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ। दशौँ हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस