राजनीति

कांग्रेस महाधिवेशनमा प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिड्ने अहंकार कसैले गर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तब्य राख्दै प्रचण्डले एक्लै हिड्ने अहंकार गर्न खोज्दा त्यसको यात्रा ओरालो लागेको स्मरण गराए ।

अहिलेसम्मका सफलता सबै एकताबाट नै सम्भव भएको भन्दै उनले आगामी चुनावसम्म नै एकताबाट अघि बढ्ने संकेत गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताएका छन् । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

गाउँ सहर संवाददाता