अहिले गाउँमा नेता जाँदा जनताले कुन चाहिँ चोर आएछ भन्छन् : लिङ्देन
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १५:५१:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै उनले देशका तीन वटै अँगहरु ठीक तरिकाले नचलेको बताएका छन् । संसद संसद् जस्तो नभएको, न्यायपालिका पनि न्यायपालिका जस्तो नभएको, सरकार पनि सरकार जस्तो नभएको उनको भनाई छ ।
उनले भने, ‘संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन’ ।
उनले अहिले राजनीति गर्ने नेताहरुप्रति जनताले पत्याउनै छोडेको समेत बताए । मेरो नाम लिऊँ कि अरु नेताको नाम लिऊँ, भो कसैको नाम नलिउँ, उनले भने, अहिले गाँउमा कोही नेता गयो भने जनताले नाम सोध्दैनन्, कुन चाँहि चोर आएछ फेरी भन्छन् ।
नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि नेताहरुलाई आग्रह गर्दै उनले २०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी नभएको बताए ।
उनले भने, २०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी भएन, कान्छो विवेकशील पार्टीसमेत फुट्यो, हामी कहाँ चुक्यौँ, यो हामीले थाहा पाउनुपर्छ’ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्राप्त प्रतिक्रिया
Good point
लिम्बुको छोरो सत्य बोल्यो।
प्रतिकृया दिनुहोस