गाउँ सहर
गैँडाको आक्रमणबाट एक जनाकाे निधन
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १५:००:०० मा प्रकाशित
काठमाडौँ । गैँडाको आक्रमणबाट एक जना पुरूषकाे निधन भएकाे छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको निधन भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले आक्रमण गरेको हो ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनी स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस