साहित्यकार गणेशप्रसाद नेपालको निधन
- गाउँ सहर संवाददाता
- २० कार्तिक बिहीबार, २०८२ | १३:००:०० मा प्रकाशित
काठमाडाैं । साहित्यकार तथा पूर्वशिक्षक गणेशप्रसाद नेपाल निधन भएकाे छ । झापा चन्द्रगढीका नेपालको उपचारका क्रममा यही कात्तिक १९ गते मनमोहन अस्पताल, काठमाडौंमा निधन भएको हो ।
मुटु, प्रोस्टेटलगायतका स्वास्थ्य समस्याका कारण करिब तीन सातादेखि उनी काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत थिए । भोजपुरको भोटेछाप गाउँमा विसं. २००१ साउन २१ गते शुक्रबार बाबु प्रसिद्ध पण्डित गंगाप्रसाद नेपाल र आमा हेमगंगा नेपालका चार सन्तानमध्ये जेठा छोराका रूपमा उनकाे जन्म भएकाे थियाे । सम्पूर्णानन्द विश्वविद्यालय, वनारस, भारतबाट फलित ज्योतिष विषयमा शास्त्री (स्नातक) सम्मको अध्ययन गरेका थिए । उनी आयुर्वेदका जानकारसमेत थिए ।
(1).jpg)
२०२८ सालदेखि शिक्षण पेसामा संलग्न नेपालले भोजपुर, धरान र झापामा विभिन्न विद्यालय तथा संस्कृत विद्यापीठहरुमा करिब पाँच दशक अध्यापन गरेका थिए । २०७१ सालमा सेवाबाट अवकाश लिएपछि उनी साहित्य सिर्जनामा सक्रिय भएका थिए । उनका परदेशको व्यथा (काव्य, २०७२) बाँच्नुको एउटा जीवन (२०७७) र समयका कविता (२०८०) छन् ।
गुणीको गाना (नीति काव्य) प्रकाशनको अन्तिम तयारी हुँदाहुँदै बुबाकाे निधन हुन पुग्याे । जुन कृति हेर्ने बुबाको इच्छा अधुरै रह्यो’ कान्छा छोरा तथा साहित्यकार सह प्रा. डा. रत्नमणि नेपालले भने ।
(1).jpg)
उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । रामलीला नाटकमा अभिनय तथा निर्देशन गरी प्रदर्शन गरेर उठेको पैसाले खोलामा पुल हाल्ने सामाजिक कार्यसमेत गरेका थिए ।
उनका दुई छोरा, तीन छोरी र धर्मपत्नी सीता नेपाल छन् । पाँच सन्तानमध्ये कान्छो छोरो सह प्रा. डा. रत्नमणि नेपाल नेपाली साहित्यको लीलावादी धारका प्रखर हुन् भने कान्छी छोरी कविता नेपाल नाटककार तथा निर्देशन क्षेत्रमा संलग्न छिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस