कांग्रेस महाधिवेशन प्रतिनिधीको नामावली सार्वजनिक (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | ११:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ। पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । केही जिल्लाको महाधिवेशन प्रतिनिधीको भने यो सूचीमा नाम समावेश छैन ।
सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम टुंग्गो लागेपनि यो सूचीमा समावेश हुन बाँकी छ। सर्लाहीमा महाधिवेशन प्रतिनिधीको चुनावमा सभापति शेरवहादुर देउवा पक्षले क्लिन स्वीप गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले यो सूची पारम्भिक भएको जनाएको छ ।
हेर्नुहोस सूचीसहित :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
विपि को नारालाई अात्मसाथ गर्ने गुटबन्दी गर्ने पेनल वनाउने कार्य को अन्त्य जवसम्म हुदैन कांग्रेस पहिलो पार्टी बन्नेछैन यदि यो पटक नेतृत्व परिवर्तन गरियन र भयन भने कांग्रेस तेर्सो वा चौथो मा झर्ने व्यवाहार देखिन्छ
प्रतिकृया दिनुहोस