गाउँ सहर

कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी महिलाकाे मृत्यु

काठमाडाैं । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी एक महिलाकाे मृत्यु भएकाे छ । मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हाे । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना  सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले बताएकाे छ ।  

गाउँ सहर संवाददाता