गाउँ सहर
बसको ठक्करबाट ५५ वर्षीय चौधरीको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १२:०७:०० मा प्रकाशित

दाङ । दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्किदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस