कांग्रेस बागमति प्रदेशमा इन्द्रबहादुर बानियाँ बलियाे !
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | २२:१८:०० मा प्रकाशित

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) रहेका छन् ।
यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा छन् । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र सर्मथकमा कुन्दनराज काफ्ले छन् ।
उनीहरूले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस वाग्मती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ आज उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराएका थिए ।
बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार छन् । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनेछन् ।
यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत छन् ।
निर्वाचनअन्तर्गत भोलि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रूपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए ।
उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।
प्रदेशमा बानियाँ बलियाे देखिएका छन् । कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन उनले बताए ।
उनले आफुले मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको बताए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रंतिनिधिसभा एवम् प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई हराउँदै विजयी भएका थिए ।
संस्थापन पक्षको पकड भनिएको प्रदेशमा पहिलाे पटकमै निर्वाचित हुने सम्भावना कमै देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस