बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | १५:५८:०० मा प्रकाशित

काठमाडाैं । तीन दिन लगातार घटेको शेयर बजारमा बुधबार शेयर बजार उकालो लागेको छ ।
आज ५.२८ अकंले शेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.६५ विन्दुमा पुगेको छ । ०.२० प्रतिशतले शेयर बजार बढ्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.६५ विन्दुमा पुगेको हो ।
शेयर बजार बढे पनि कारोबार र कारोबार रकम घटेको छ। आज ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा कारोबार भएको थियो ।
आज बैंकिङ उपसमुह ०.०९ प्रतिशत, ट्रेडिङ उपसमुह ०.४३ प्रतिशत, डेभलपमेन्ट बैंक उपसमुह ०.१६ प्रतिशत, हाइड्रो पावर उपसमुह ०.२३ प्रतिशत, फाइनान्स उपसमुह ०.२८ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमुह ०.८९ प्रतिशत, अन्य उपसमुह ०.९५ प्रतिशत, म्युचल फण्ड उपसमुह ०.०३ प्रतिशत र इन्भेष्टमेन्ट उपसमुह ०.१९ प्रतिशतले उकालो लागेका छन् भने होटल एण्ड टुरिजम उपसमुह ०.५५ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, माइक्रो फाइनान्स ०.१२ प्रतिशत र लाइफ इन्स्योरेन्स ०.०३ प्रतिशतले ओरालो लागेको छ ।
सबैभन्दा धेरै अन्य उपसमुह ०.९५ प्रतिशतले बढेको छ भने होटल एण्ड टुरिजम ०.५५ प्रतिशतले सबैभन्दा धेरै घटेको छ ।
यस्तै कम्पनीतर्फ समलिङ पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेड ९.९९ प्रतिशतले बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ७.९७ प्रतिशतले बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस