विश्व

जापानमा पनि भेटियाे ओमिक्रोन भेरियन्ट

एजेन्सी । जापानले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो पटक पुष्टि गरेको छ । समाचार संस्था क्याेदाले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको छ ।

३० को दशकमा रहेका नामिवियन कुटनीतिज्ञमा नयाँ भेरियन्ट पुष्टि भएको हो । टोकियो नजिकको नरिता विमानस्थलमा आइतवार आइपुगेका ती व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको बताइएको छ ।

गाउँ सहर संवाददाता