महिला टी–२० सिरिजमा नेपालले जापानलाई दियाे ११४ रनकाे लक्ष्य
- गाउँ सहर संवाददाता
- २ मङ्सिर शनिबार, २०८० | ०८:३७:०० मा प्रकाशित

काठमाडाैं । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले जापानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो।
रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भईन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भईन्।
ओपनर पुजा महतो १३ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भईन्।
कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्।
काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्।
जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन्। लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिईन्।
यसअघि सिरिजका दुवै खेलमा पराजित नेपाल र जापान पहिलो जितको खोजीमा छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस