तेस्रो स्थानको लागि नेपालले जापानलाई दियाे ११६ रनकाे लक्ष्य
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर आइतबार, २०८० | ०८:४५:०० मा प्रकाशित

काठमाडौं । नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि जापानलाई १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएकोछ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनायो ।
नेपालको लागि ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।
रोमा थापा १९ बलमा ३ चौकासहित २२ रन बनाउदै रन आउट भैइन् । अन्य कुनैपनी नेपाली ब्याटरले राम्रो खेल्न सकेनन् ।
नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन् ।
कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन् । उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन् ।
रुबिना बेलबासे १९ बलमा २ चौकासहित २१ रन बनाउदै रन आउट हुन पुगिन् ।
जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस