समुह चरणको अन्तिम खेलमा जापानविरूद्ध नेपालकाे जित
- गाउँ सहर संवाददाता
- २ मङ्सिर शनिबार, २०८० | १०:१३:०० मा प्रकाशित
काठमाडाैं । नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो जित निकालेको छ।
समुह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको हो।
नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।
जापानका लागि मेग ओगावाले बनाएको १७ रन नै सर्वाधिक रह्यो। सेइका सुमीले बनाएको १३ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
जापानलाई कम स्कोरमा रोक्न अस्मिना कर्माचार्य एक्लैले चार विकेट लिईन्। घातक बलिङ गरेकी उनले आफ्नो स्पेलमा मात्र १० रन दिईन्।
संगिता राईले ३ विके लिईन्। उनले ३ ओभरमा ५ रन खर्चिईन्। पुजा महतोले २ रन आफ्नो नाममा गरिन्। उनले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन दिईन्।
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो।
रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भईन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भईन्।
ओपनर पुजा महतो १३ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भईन्।
कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्।
काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्।
जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन्। लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिईन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस