कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १५:४७:०० मा प्रकाशित

काठमाडाैं । अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए ।
उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।
‘एकताको महाधिवेशन हो यो । नाम मात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ । एकताको सन्देश दिनुपर्छ । राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन् । महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ । कामना गरिरहेका छन्,’ थापाले भने, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ ।’
राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपामा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस