गाउँ सहर
सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १३:४७:०० मा प्रकाशित

झापा । सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस