गाउँ सहर
कांग्रेस महाधिवेशनका नजिक निर्वाचन समितिको संयोजकबाट महादेवले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | १३:०६:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।
यादवले दिएको राजीनामा स्विकृत गरी उनको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ । यादवले स्वास्थ्यका कारण राजीनामा दिएको बताइएको छ ।
‘उमेर पनि धेरै भयो । पार्टी महाधिवेशनका लागि धेरै खट्नुपर्छ । हामीले सल्लाह गरेर नै आराम गर्नुस भनेका हौं ।’ निर्वाचन समितिका सदस्य एगराज पोखरेलले भने ।
यस अघिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि यादवलाई उक्त पदको जिम्मेवारी दिइएको थियो । तल्लो तहको अधिवेशन हुँदा संस्थापन पक्षको आडमा एकतर्फी अधिवेशन गराएको आरोप पनि यादव माथि लागेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस