खेल
‘ए’ डिभिजन लिग फुटबल : आज एक खेल हुँदै
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | ११:१२:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमा जावलाखेल ९ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो । नेपाल पुलिस भने डर्बी क्लब त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसअघि हिजो भएका खेलमा मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लब विजयी भएका छन् । मनाङले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ भने च्यासलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको थियो ।
जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ । त्यसैगरी च्यासलले दुई खेलमा ३ अंक जोडेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस