ए डिभिजन लिगकाे दशौँ चरण खेलमा आज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | ०८:२६:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ । शुक्रबार दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । रेलिगेसनबाट बन्च ब्रिगेडलाई पनि जित आवश्यक छ ।
यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस