ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १२:२७:०० मा प्रकाशित
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो ।
यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्री स्टारलाई पराजित गरेको थियो । फ्रेण्ड्सले यसपटक पनि त्यही इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ । फ्रेण्ड्स पहिलो जितको खोजीमा रहँदा थ्री स्टार पनि जितको लयमा फर्कने दाउमा छ ।
नवप्रवेशी सातदोबाटोले ए डिभिजन लिगमा गज्जब सुरुआत गरेको छ । त्यही लयलाई कायम राख्ने लक्ष्यसहित सातदोबाटोको हुनेछ । पहिलो खेलमा फ्रेण्ड्ससाग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई हराएको थियो । एपीएफ भने लगातार दुई खेल हार्दै अंकविहीन छ । एपीएफ पहिलो अंक जोड्ने योजनामा हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस