ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १२:२७:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो ।
यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्री स्टारलाई पराजित गरेको थियो । फ्रेण्ड्सले यसपटक पनि त्यही इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ । फ्रेण्ड्स पहिलो जितको खोजीमा रहँदा थ्री स्टार पनि जितको लयमा फर्कने दाउमा छ ।
नवप्रवेशी सातदोबाटोले ए डिभिजन लिगमा गज्जब सुरुआत गरेको छ । त्यही लयलाई कायम राख्ने लक्ष्यसहित सातदोबाटोको हुनेछ । पहिलो खेलमा फ्रेण्ड्ससाग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई हराएको थियो । एपीएफ भने लगातार दुई खेल हार्दै अंकविहीन छ । एपीएफ पहिलो अंक जोड्ने योजनामा हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस